गलत बायोडाटा दिँदा युवतीलाई दुई वर्ष जेल

मंसिर २२ । बायोडाटामा गलत जानकारी दिएर सरकारी जागिर पाउनु अष्ट्रेलियाकी एक युवतीलाई महँगो साबित भयो । मंगलबार अदालतले वेरोनिका हिल्डा थेरिअल्टलाई २५ महिनाको जेल सजाय सुनाइएको छ । 

मिडियाका अनुसार वेरोनिकाले आफूलाई ‘मिस बेस्ट’ देखाउनका लागि नक्कली सन्दर्भ लिएको भन्दै अदालतले दोषी ठहर गरेको छ । स्रोतका अनुसार आफ्नो बायोडाटामा उनले १ लाख ८५ हजार डलरको नक्कली पे–स्लिप र डाक्टरको नक्कली पत्रलाई फिटनेसका लागि संलग्न गरेकी थिइन् । उनको लिन्क्डइन प्राफाइलको तस्बिर पनि अमेरिकी सुपर मोडल केट अप्टनको थियो । 

वेरोनिकालाई सन् २०१७ मा दक्षिण अष्ट्रेलियाको सरकारको डिपार्टमेन्ट अफ प्रिमियर एण्ड क्याबिनेटमा काममा राखिएको थियो । उनलाई मुख्य सूचना अधिकारीजस्तो पदको महत्वपूर्ण जिम्मेवारी दिइएको थियो । यद्यपि, उनको झुट धेरै दिनसम्म टिक्न सकेन । एक महिना पछि नै उनको पोल खुल्यो । धोका दिएको भन्दै उनलाई जागिरबाट निकालियो । 

Image result for गलत बायोडाटा दिँदा

अपराधमा भाइ पनि समावेशः 

वेरोनिकासँगै उनका भाइ एलन कार्किललाई पनि सेप्टेम्बरमा पक्राउ गरिएको थियो । एलनले वेरोनिकाले पाएको कन्ट्र्याक्टबाट लाखौं कमाएका थिए । वेरोनिकाका वकिलले बुधबार यसबारे टिप्पणी गर्न अस्विकार गरेका छन् ।  

मिडिया रिपोर्टका अनुसार एलनलाई पनि दोषी ठहर गर्दै सस्पेन्ड गरिएको थियो । कार्किल आफ्नी दिदीको योजनामा समावेश थिए । मंगलबार जिल्ला अदालतमा निर्णय सुनाउँदै न्यायाधीश माइकल बायलानले भने, ‘वेरोनिकाले आफ्नो भाइका लागि आवास बुकिङ कम्पनी वाटिफका लागि रेफरेन्स दिने व्यवस्था गरे, जहाँ न त उनले न नै उनका भाइले काम गरे ।’ 

अदालतले भन्योः वेरोनिकाको अपराध गम्भीर 

न्यायाधीस बायलनले भने, ‘निर्णय गर्ने बेला थेरिअल्टको मानसिक स्वास्थ्यमा पनि ध्यान दिइयो । तर उनको अपराध गम्भीर थियो । सुनुवाईको क्रममा वेरोनिकाका वकिलले अदालतमा सुरुमै भनेका थिए, ‘वेरोनिकाले अपराध गर्नुपूर्व औषधी खान बन्द गरेकी थिइन् तर अहिले पनि उनको उपचार चलिरहेको छ ।’ एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *