जब इन्स्पेक्टरले भने– झोलामा केही छैन, तर्साउनका लागि केही राखेको होला

काठमाडौं । शुक्रबार मध्यरात अञ्जु साह शौच गर्न बाहिर निस्किइन् । सँगै अर्को घरको मूल ढोकाको ग्रिलमा शंकास्पद वस्तु देखेपछि उनले श्रीमान् राजेशलाई उठाइन् । रातो झोलामा जे पनि हुन सक्ने आकलन गर्दै राजेशले उक्त घरभित्र सुतिरहेका छोराछोरीलाई बाहिर निकाले । अर्को घरमा लगेर राखे । 

शंकास्पद वस्तुबारे महेन्द्रनगर इलाका प्रहरीमा खबर गरियो । प्रहरी नआउँदासम्म परिवारका सबै सदस्य शंकास्पद वस्तुबाट टाढै बसे । प्रहरी निरीक्षक अमिरकुमार दाहाल नेतृत्वमा चार सुरक्षाकर्मीको टोली घटनास्थलमा आएको थियो । 

त्यस बेलासम्म राजेशले बुवा भिखारी साहलाई फोन गरी घरमा बोलाएका थिए । भिखारी पुर्ख्यौली घरमा बस्दै आएका छन् । ‘इन्स्पेक्टर साबले भन्नुभो– झोलामा केही छैन, तर्साउनका लागि केही राखेको होला’, उनले भने, ‘त्यसपछि झोला हटाउन खोज्दा एक्कासि पड्कियो । म बेहोस भएँ ।’ 

null

धनुषाको क्षिरेश्वर नगरपालिका–५ महेन्द्रनगर कुसाई टोलमा प्रहरीको कमजोरीले बम विस्फोट भयो । बाबुछोरासहित तीन जनाले ज्यान गुमाए । 

घरधनी ४५ वर्षीय राजेश, उनका छोरा १५ वर्षीय आनन्दको घटनास्थलमै मृत्यु भएको हो । बमलाई ‘सामान्य वस्तु’ ठानेर चलाएका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा शनिबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भयो । 

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =