टिभीएस एनटर्क १२५ रेस एडिसन सार्वजनिक

पुस ०९, काठमडौं । टिभीएस मोटर कम्पनीले आज टिभीएस एनटर्क १२५ रेस एडिसन सार्वजनिक गरेको छ । 

यो रेस एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ । स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै “रेस इडिसन” ले टिभीएसको रेसिङ पेडिग्रीलाई झल्काउछ । यो स्कुटर शानदार तीन संयोजन–म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको छ । 

टिभीएस एनटर्क १२५, नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित छ । यो स्कुटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ –टिभीएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेशल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्न सक्छन् ।   

null

सन् २०१८, सेप्टेम्बरमा सार्वजनिक भएको टिभीएस एनटर्क १२५ ले आफ्नो लक्षित ग्राहक–जेन जेड बाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । यो स्कुटर स्टेट–अफ–आर्ट REVV १२४.७९ सीसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, ३ भल्भ, एयर कूल्ड इन्जिन रहेको छ जसले ९.४ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eleven =