कर्णाली प्रदेशलाई तीन वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने प्राधिकरणकाे दाबी

पुष ७, काठमाडौँ । चालू आर्थिक वर्षभित्रै ४० जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिइरहँदा कर्णाली प्रदेशका १० जिल्लामा भने विद्युतीय पहुँचमा कमजोर छ । नेपाल विद्युत् प्राधिकरणमार्फत हालसम्म यो प्रदेशमा २७.२९ प्रतिशत मात्र विद्युतीकरण भएको छ । 

प्रदेशभर नेपाल विद्युत् प्राधिकरणका ग्राहक सङ्ख्या ८५ हजार छन् । सबैभन्दा बढी सुर्खेतमा ५८ र कम जाजरकोटमा पाँच प्रतिशत मात्रै विद्युतीकरण भएकोे छ । विद्युत् पहुँचमा सबैभन्दा कमजोर रहेको कर्णाली प्रदेशलाई तीन वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने दाबी नेपाल विद्युत् प्राधिकरणले गरेको छ ।   

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भौगोलिक तथा प्राविधिक जटिलताका हुँदाहुँदै पनि यो काम सम्पन्न गरिसक्ने बताएको हो । कर्णालीमा विद्युत् विस्तारका लागि चालू आर्थिक वर्ष ९२०७६/७७०मा एक अर्ब १९ करोड रुपियाँ विनियोजन गरिएको छ । यो समाचार गोरखापत्रले छापेको छ ।  

Image result for विद्युतीकरण गर्ने लक्ष्य

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =