मोबाइल हरायो ? नो टेन्सन अब यसरी पत्ता लगाउनुस्

पुस १४ । आजको युग प्रविधिको युग । हरेक मान्छेको हात हातमा मोबाइल छ । मोबाइल मानिसको अति आवश्यक चिज बनिसकेको छ । टाढा रहेका आफन्तसँग कुरा गर्न मात्र नभई हिजोआज हरेक कुरा गर्नको लागि मोबाइल आवश्यक पर्दछ । 

मोबाइल मानिसको सबैभन्दा नजिकको साथी बनिसकेको छ । मानिसहरु आफ्नो पर्सनल कुराहरु पनि मोबाइलमै राख्ने गर्छन् । तर कहिलेकाही मोबाइल कतै छुट्न या हराउन पनि सक्छ । राखेको ठाउँ बिर्सन पनि सक्छ । यदि तपाई पनि मोबाइल हराएर वा कतै छुटेर तनावमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईको मोबाइल लोकेशन पत्ता लगाउने तरिका थाहा पाउनुहोस् । 

कसरी थाहा पाउने मोबाइल लोकेशन ? 

Image result for मोबाइल हरायो

१. सर्वप्रथम गुगलको होम पेज खोल्नुहोस् । 

२. त्यसपछि जिमेल आईडी लगइन गर्नुहोस्, जुन तपाईंको एण्ड्रोइड डिभाइस प्रयोग भएको मेल आइडी हुनुपर्छ । 

३. त्यसपछि गुगल सर्च बक्समा गएर ‘Where’s my phone?’ लेखेर सर्च गर्नुहोस् । जब तपाईंले यस्तो सर्च गर्नुहुन्छ, तत्कालै एउटा लोकेशन म्याप खुल्छ । 

४. यस म्यापमा केही सेकेण्डमा नै अहिले तपाईको मोबाइलको अहिलेको लोकेशन देख्न सक्नुहुन्छ । यदि तपाईंको आसपासमा नजिकै भए त्यसमा फूल भोल्यूममा रिङ बजाउने तथा धेरै टाढा रहेको भए त्यसलाई लक गरिदिने वा त्यसमा भएका सामग्रीहरु मेट्ने अप्सन पनि प्राप्त हुन्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =