न्यूयोर्कस्थित एक धर्मगुरुको घरभित्र अन्धाधुन्द छुरा प्रहार

पुष १३, काठमाडौं । न्यूयोर्क स्टेटको सिनागग नजिकै रहेको एउटा घरभित्र अन्धाधुन्ध छुरी प्रहार हुँदा थुप्रै घाइते भएको बीबीसीले बताएको छ । 

न्यूयोर्क सिटीको उत्तरतर्फ मोन्सेस्थित यहुदीहरुका धर्मगुरुको घरभित्र हमला भएको अर्थोडक्स जिविस पब्लिक अफेयर्स काउन्सिलले बताएको छ । 

काउन्सिलका अनुसार कम्तीमा पाँचजनालाई अस्पताल पुर्याइएको छ । 

उक्त हमलाको कारण खुल्न सकेको छैन ।  काउन्सिलले ट्वीट गर्दै घाइतेमध्ये एकलाई कम्तीमा ६ पटक हमला गरिएको बताइएको  छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 15 =