नागढुंगा–नौबिसे सुरुङमार्ग खन्ने काम चैतपछि मात्रै

मंसिर २५, काठमाडौं ।  नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको सुरुङमार्ग निर्माण आगामी चैतपछि मात्रै सुरु हुने भएको छ ।   

५ दशमलव ७ किलोमिटर को उक्त आयोजनामा सडक, पहुँचमार्ग, पुल, भवनलगायत संरचना निर्माणको प्रक्रिया सुरु भएपनि २ दशमलव ६८ किमी सुरुङमार्ग निर्माण भने आगामी चैतपछि मात्रै हुने भएको हो । 

सुरुङमार्ग निर्माणका लागि चाहिने विस्फोटक पदार्थको स्वीकृति लिनुपर्ने र निर्माण उपकरण विदेशबाट ल्याउनुपर्ने भएकाले सुरुङ खन्ने काम सुरु गर्न अझै ३र४ महिना लाग्ने आयोजना प्रमुख श्याम खरेलले बताए । याे समाचार आर्थिक अभियानले छापेकाे छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =