सीमा विवादः छलफल र अनुगमन गर्न सभामा सङ्कल्प प्रस्ताव

पुष ७, काठमाडौँ । सीमा विवादबारे छलफल र अनुगमन समिति गठनको प्रस्ताव गर्दै प्रतिनिधि सभामा सङ्कल्प प्रस्ताव दर्ता भएको छ ।   

नेपाल कम्युनिस्ट पार्टी (नेकपां)का सांसद खगराज अधिकारीले प्रतिनिधि सभा सचिवालयमा प्रस्ताव दर्ता गरेको हो । त्यसको समर्थकमा सांसद रामकुमारी झाँक्री छिन् । 

सभामुखले विभागीय मन्त्रीसँगको परामर्शमा उक्त प्रस्ताव छलफलका लागि अघि बढाउन सक्ने व्यवस्था छ । प्रस्ताव दर्ता भई प्रक्रियामा गएको प्रस्तावक अधिकारीले जानकारी दिए ।   

Image result for प्रतिनिधि सभा

प्रस्तावमा सीमासम्बन्धी विवाद समाधानका लागि सरकारले अहिले गरेका प्रयास सकारात्मक भएकाले निरन्तरता दिनुपर्ने उल्लेख छ ।   

कालापानीलगायतका क्षेत्रको सीमा विवादमा सरकारले अघि बढाएको पहललाई सर्वस्वीकार्य रूपमा अघि बढाउन प्रस्ताव आवश्यक भएको उल्लेख गरिएको छ । यो समाचार गोरखापत्रले छापेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =