विद्युत सर्ट भई आगलागी हुँदा ५ लाखको क्षति

मंसिर १५, धरान । सुनसरीको धरानको एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षती भएको छ ।   

धरान १८ दुर्गा चौक कार्मेल स्कुल अगाडी रहेको अमृत गुरुङको घरमा विद्युत सर्ट भइ आगलागी भएको हो ।   

राती साँढे नौ बजेतिर घरमा आगो लागेको हो । आगलागी धरान उपमहानगरपालिकाको दमकल शशष्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयकाे सहयाेगमा नियन्त्रणमा लिइएको छ ।   

आगलागीमा घरका फर्निचर, लत्ताकपडा लगायत विभिन्न वस्तुहरु जलेर ५ लाख बढिको नस्ट भएको गुरुङ परिवारले जानकारी दिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =