फिलिपिन्समा क्रिसमसका दिन आँधीबेहरीले लियो १६ जनाको ज्यान, इराकमा बम विस्फाेट

पुस १०, काठमाडौं । बिहीबार (क्रिसमस) को दिन फिलिपिन्समा भयंकर आँधीबेहरीले १६ जनाको ज्यान लिएको छ ।
त्यहाँको दुर्गम गाउँ र पर्यटन क्षेत्रहरुमा गरी १६ जनाको मृत्यु भएको हो । १९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हावाले घरहरुको छत समेत उडाएको छ ।
टाइफोन फानफोन तुफानका कारण त्यहाँको कयौँ इलाकामा बिजुली काटिएको छ । इन्टरनेट र मोबाइल फोन नेटवर्क पनि अहिलेसम्म प्रभावित छ । कयौँ क्षतिग्रस्त क्षेत्रमा मोबाइल नेटवर्क काटिएको छ ।

क्षतिको पुरा विवरण आइसकेको छैन । प्रकोप एजेन्सीका अनुसार फिलिपिन्सको मध्ये तेस्रो भिसाका गाउँ र शहरहरूमा कम्तिमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
त्यस्तै उता इराकको राजधानी बगदादमा बम विस्फोट भएको छ । विस्फोष्टमा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
त्यहाँको आन्तरिक मन्त्रालयका अनुसार एक अधिकारीका अनुसार इराकको राजधानी बगदादमा एक फुटबल मैदान नजिकै बुधबार एक मोटरसाइकलमा बम विस्फोट उक्त दुर्घटना भएको हो ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार घटना पूर्वी बगदादको सदर शहरको छेउछाउमा बुधबार साँझ भएको हो । कुनै पनि आतंककारी समूहले अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन ।








