काठमाडौँ गुण्डागर्दीमा संलग्न राई र धिताल पक्राउ
२०७६ पुस ७ गते

पुस ७, काठमाडौं । काठमाडौँमा प्रहरीले शनिबार र आईतबार गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
सर्वसाधारण तथा ब्यापारीहरुलाई फोन मार्फत धम्काई रकम माग्ने र नदिएको खण्डमा हातहतियार देखाई ज्यान मार्ने तथा हात खुट्टा भाँचिदिने धाकधम्की दिई त्रास पैदा गरेको आरोपमा ती दुई जनालाइ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कोटेश्वर बस्ने नवलपुर देउचुली नगरपालिका १३ घर भएका ४४ वर्षीय दुर्गा भन्ने देवान राई शुक्रवार साँझ पक्राउ गरिएको हो भने काठमाडौं गोठाटार बस्ने काभ्रे नमोबुद्ध नगरपालिका ५ घर भएका ४२ वर्षीय बिष्णु बहादुर धिताल लाई शनिबार दिउँसो पक्राउ गरिएको हो ।

पक्राउ परेका राई र धितालमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित








