नेस्ले इन्डियाद्वारा नेपालमा “सर्भ सेफ फूड” प्रोजेक्ट शुरु

मंसिर ३०, काठमाडौं । नेस्ले इन्डियाले नेपालमा “सर्भ सेफ फूड” प्रोजेक्ट शुरु गरेको छ ।   

नेपाल खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा नेपालमा सर्भ सेफ फूड प्रोजेक्ट शुरु गरेको हो ।   

यो प्रोजेक्ट अन्तर्गत नेपालमा खाद्य सुरक्षा र स्वच्छता सम्बन्धी करिब ५०० स्ट्रीट फूड विक्रेताहरुलाई तालिम दिइनेछ । यो परियोजनालाई सर्वप्रथम भारतमा सन् २०१६ मा सञ्चालन गरिएको थियो जहाँ ४ वर्षको अवधिमा २० हजार स्ट्रीट फूड विक्रेताहरुलाई १७ वटा स्थानहरुमा तालिम दिइएको थियो ।   

प्रोजेक्ट सर्भ सेफ फूड स्ट्रीट फूड विक्रेताहरुलाई स्वस्थ, स्वच्छ, सुरक्षित खाना ह्यान्डलिंग, फोहोर व्यवस्थापन र उद्यमशीलता शिक्षा र प्रशिक्षणमा केन्द्रित छ । यी तालिमहरुले स्ट्रीट फूड विक्रेताहरुलाई डिस्पोजेबल ग्लोभ प्रयोग गर्न र व्यक्तिगत सरसफाईमा ध्यान राख्न सिकाउछ जसले खाद्यजन्य रोगहरुबाट संरक्षण गर्दछ । 

नेपाल खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभागकी महानिर्देशक डा. माटीना जोशीले सफा, सुरक्षित र स्वच्छ खाना मानिसहरुका लागि निकै महत्वपूर्ण रहेको बताउँदै स्ट्रीट फूड विक्रेताहरुले उपभोक्ताहरुलाई सुरक्षित खाना वितरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । ‘ज्ञान र सीपका साथ स्ट्रीट फूड विक्रेताहरुलाई सशक्तिकरण गरे खाद्य सुरक्षाको प्रतिबद्धतामा लामो यात्रा तय गर्नेछौं ।’ उनले भनिन् । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले नेपाल लोकप्रिय पर्यटन गन्तव्य रहेको र स्ट्रीट फूड वितरण स्थानीयहरुका लागि रोजगारीको महत्वपूर्ण श्रोत भएको बताए । उनले यस क्षेत्रमा पर्यटक प्रबद्र्धनका लागि संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० को परिप्रेक्षमा नेस्ले इन्डियाले स्ट्रीट फूड विक्रेताहरुको क्षमता वृद्धिका लागि गरेको पहल महत्वपूर्ण भएको बताए । ‘म विश्वस्त छु कि सर्भ सेफ फूड परियोजनाले नेपालको खाद्यान्न सुरक्षा पूर्वाधारको विकास र सुदृढीकरणमा सहयोग पुर्याउनेछ ।’ उनले भने ।     

बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंहले स्ट्रीट फूड विक्रेताहरुलाई निपूर्ण बनाउने महत्वपूर्ण पहल भएको बताए । यसले स्ट्रीट फूड विक्रेताहरुलाई खाद्य सुरक्षा र स्वच्छताको बारेमा सिक्न सक्षम बनाउने उनको भनाई छ ।   

नेस्ले इन्डियाका कर्पोरेट अफेयर्सका निर्देशक सञ्जय खजुरियाले गुणस्तर जीवनको वृद्धि र स्वस्थ भविष्यका लागि योगदान पुर्याउने उद्देश्यका साथ नेपाल खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा सर्भ सेफ फूड परियोजना शुरु गर्न लागिएको बताए ।   

‘प्रशिक्षण कार्यक्रमहरुले सकारात्मक व्यवहार परिवर्तन ल्याउनुका साथै स्ट्रीट फूड विक्रेताहरुलाई खाद्य सुरक्षा र खाद्य स्वच्छतालाई गम्भीर रुपमा लिन प्रत्सोहान गरेको देखेका छौं ।’ उनले भने ।   

नास्भीकी स्ट्रीट फूड प्रोगामकी प्रमुख संगीता सिंहले सुरक्षित, स्वस्थ र स्वच्छ खाद्यको बारेमा चेतना बढाउनु प्रमुख महत्व रहेको भन्दै तालिमले फूड विक्रेताहरुलाई खाद्य सुरक्षामा सुधार गर्न सुसुचित गर्ने बताइन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =