सामुदायिक लघुुवित्तको छैठौं बार्षिक साधारण सभा सम्पन्न
२०७६ पुस ११ गते

पुस ११, काठमाडाैँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, साँगा, बनेपा–१४, काभ्रेपलाञ्चोकको शुक्रवारका छैंठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको सभाले आ.व. २०७५/७६ को बार्षिक लेखापरीक्षण प्रतिवेदन सहित २०७६ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान र नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पारित गरि आ.व. २०७५/७६ असार मसान्त सम्मको चुक्ता पूँजीको ३२ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनका लागि १.६८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
साथै बोनस शेयर पश्चात कायम हुन आउने चुक्ता पूँजीको २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने पश्ताब समेत पारित गरेको छ ।

२०७६ पुस ११ गते
प्रतिक्रिया
सम्बन्धित








