‘कथा मृत्युको’ लिएर चन्द्र प्रसाईं आए बजारमा (भिडीयोसहित)
२०७६ पुस १३ गते

पुस १३, काठमाडौँ । गीतकार चन्द्र प्रसाईंको मार्मिक गीत ‘कथा मृत्युको’ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक शिशिर योगीको आवाज रहेको मार्मिक गीतलाई आकर्षक ढंगले भिडियो तयार पारिएको छ ।गायक योगीको नै संगीत रहेको गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन् । निर्देशक प्रहिल कार्की निर्देशन गरेको भिडियोलाई आभेश वज्राचार्यले छायांकन गरेका हुन् । गीतको सम्पादन भने माधव बेलबासेले गरेका हुन् ।
सार्बजनिक भिडियोमा कथा तथा कन्सेप्ट अन्जिता कंडेलको रहेको छ भने भिडियोमा सुन्दर लामालाइ फिचर्ड गरिएको छ ।
भिडियो हेर्नुहोस्:
२०७६ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित








