भारतमा नागरिकता सम्बन्धि ‘विवादास्पद’ विधेयक तल्लो सदनबाट पारित

मंसिर २४, काठमाडौं । भारतमा छिमेकी तीन देशबाट आउने गैरमुस्लिम शरणार्थीलाई धार्मिक धरातलमा नागरिकता दिनसकिने एउटा विवादास्पद विधेयकलाई त्यहाँको संसदको तल्लो सदनले पारित गरेको छ। 

लोकसभामा सोमवार राति भएको मतदानमा उक्त नागरिकता संशोधन विधेयकको पक्षमा ३११ र विपक्षमा ८० मत खसेको थियो। 

उक्त विवादास्पद विधेयकले पाकिस्तान, बाङ्लादेश र अफ्गानिस्तानबाट आएका धार्मिक अल्पसङ्ख्यकहरूलाई नागरिकता दिन खोजेको छ। सत्ताधारी भारतीय जनता पार्टी (भाजपा)ले भनेको छः धार्मिक हिंसाका कारण भाग्नुपर्ने अवस्था भोगेकालाई यसले संरक्षण दिनेछ। 

null

प्रधानमन्त्री नरेन्द्र मोदीले यस कदमलाई—सबैलाई मिलाएर राख्ने र मानवीय मूल्यले भरिएको भारतको शताब्दियौँ पुरानो परम्परा अनुरूप भनेका छन् । आलोचकहरूले भने उक्त विधेयक मुस्लिमहरूलाई सीमान्तकृत पार्ने भाजपाको एजेन्डाको एउटा अंश भनेका छन्। 

भारतको तल्लो सदनमा बहुमतमा रहेको सत्ताधारी पार्टीको लागि नागरिकता संशोधनसम्बन्धी यो विधेयक एउटा परीक्षणका रूपमा हेरिएको छ। माथिल्लो सदनमा उनीहरूको सङ्ख्या चाहिनेभन्दा कम छ। तर कानुन बन्नका लागि यो विधेयक दुवै सदनबाट पारित हुनुपर्नेछ। 

यसले अहिले नै बाङ्लादेशसँग सीमा जोडिएको देशको उत्तरपूर्वमा विरोधहरू निम्त्याइसकेको छ। बीबीसीको सहयोगमा   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *