कमजोर आर्थिक अवस्था भएकालाई न्यानो कपडा वितरण गर्न दुहवीमा कपडा बैंक

पुष ६, दुहवी । शितलहरले जनजीवन कष्टकर बनेपछि सुनसरी दुहवीका युवाहरुले आर्थिक अवस्था कमजोर भएकाहरुका लागि कपडा बैंक स्थापना गरेका छन् । 

दुहवीका केहि युवाहरुको सक्रियतामा जाडोमा कमजोर आर्थिक अवस्था भएका परिवारलाई न्यानो कपडा उपलब्ध गराउन कपडा बैंक स्थापना गरिएको दुहवीका युवा राकेश डाँगीेले बताए । 

कपडा बैकमा जाडोका लागि आवश्यक ज्याकेट, स्वेटर, हाइनेक, सर्ट पेन्ट जस्ता न्यानोका कपडाहरु स्थानीय युवाहरु र समाजसेवीले स्वतःस्फुर्त संकलन गरेका थिए । 

‘तराईमा केहि दिन यता शितलहर र जाडो बढ्नेक्रम बढेको छ, जिल्लामा जाडोकै कारण एक जनाको ज्यानै गएपछि कपडा बैंक स्थापना गरिएको हो ।’ युवा समाजसेवी राकेश डाँगीले भने । 

दुहवीमा कपडा बैंक खोलिएकै दिन विपन्न वर्गका धेरैले न्यानो कपडा लिएका छन् । भने, कपडा बैंकमा उत्साहजनक रुपमा स्थानीय समाजसेवीहरुले सहभागीता जनाएकाछन् । 

सामाजिक सञ्जाल फेसवुकमा आब्हान गरी शुरु गरिएको कपडा बैंकमा स्थानीय इन्द्र श्रेष्ठ, दिलिप स्वर्णकार, विकास स्वर्णकार, सरोज सिंह लगायतको सक्रियतापूर्वक सहभागीता जनाएका छन् । करिब ६ महिना अघि राजधानी काठमाडौंबाट केहि अभियान्ताहरुले शुरु गरेको कपडा बैंक राजधानी बाहिर समेत फैलिएको छ । 

कपडा बैंकमा गरिब तथा असहाय वर्गले निःशुल्क रुपमा आफुलाई आवश्यक पर्ने पुराना कपडाहरु छानेर लैजान पाउनेछन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nine =