विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुस् आजको विनिमयदर
२०७६ पुस १० गते

पुस १०, काठमाडौं । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ ।
यस्तै, राष्ट्र बैंकले एक युरोको खरिददर १२६ रुपैयाँ १९ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८५ पैसा तोकेको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४९ पैसा र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेको छ ।
२०७६ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित








