चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराइको निधन, आजै दाहसंस्कार गरिने

मंसिर ३०, काठमाडौं । फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ ।
स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि अनामनगरस्थित घरबाट भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै आइतबार राति १०ः२० बजे उनको निधन भएको हो ।
५२ वर्षीय भट्टराई लामो समयदेखि नेपाली चलचित्रमा चरित्र अभिनेताको रुपमा अभिनय गर्दै आएका थिए। उनी चलचित्रका निर्माता पनि हुन। भट्टराई एक वर्षअघिदेखि चलचित्र विकास वोर्डको अध्यक्ष थिए।
null
सोमबार बिहान १० बजेपछि भट्टराईको शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम हुनेछ। त्यसपछि शनिबार निधन भएका अर्का अभिनेता दिपक क्षेत्री र भट्टराईको शव दिउँसो २ बजेपछि चलचित्र विकास वोर्डको कार्यालयमा अन्तिम श्रदाञ्जलीका लागि राखिने अध्यक्ष लामाले जानकारी दिए। सोमबार नै दुवै जनाको दाहसंस्कार गरिने चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए।








