२० किलोको अजिंगर महिलाले हातले समातेर जब ब्यागभित्र हालिन्…

मंसिर २७, भारत ।  अजिंगरको नाम सुन्ने मात्रै पनि धेरैको सात्तो जान्छ तर एक महिलाले निकै बहादुरीका साथ हातले समातेरै यसलाई नियन्त्रणमा लिएकी छिन् । 

घटना भारतको हो । स्थानीय मिडिया अनुसार इरेनाकुलम गाउँको ती महिलाको घर पछाडिको रुख नजिकैको घाँसे मैदानमा उक्त अजिंगर देखिएको हो । बहादुरी देखाउने महिला नेवी अफिसरकी श्रीमती बताइन्छ । उनको नाम विद्या लेखिएको छ । 

हरिन्दर एस सिक्का नामको ट्वीटर अकाउन्टबाट उक्त भिडियो पोष्ट भएको हो । भिडियो पोष्ट गर्दै लेखिएको छ, ‘२० किलोको अजिंगरलाई वरिष्ठ नेभी अफिसरकी श्रीमतीले जिउँदै समातेकी छिन् । महिलालाई छोडौं, यस्तो बहादुरी कतिजना पुरुषले देखाउन सक्छन् भनेर सोचिरहेको छु ।’ 

भिडियोमा देखिए अनुसार विद्याले अजिंगरलाई बच्चा भनेर बोलाउँदै निकै जतनका साथ ब्यागमा राखेकी छिन् । यसमा उनलाई एक महिला र एक नौसेना अधिकारीसहित तीनजनाले सहयोग गरे । त्यतिबेला उनले भिडियो खिच्ने व्यक्तिलाई ‘कति फोटो, भिडियो खिचेको, सहयोग पनि गर न’ भनिरहेको पनि सुन्न सकिन्छ । विद्याले आफ्नो नेतृत्वमा उक्त अजिंगरलाई सकुशल ब्यागभित्र राखेको भिडियोमा देख्न सकिन्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *