को बन्छ करोडपतिः जितेको रकम जिग्री र पाँडेद्वारा क्रिकेट रंगशालालाई

पुस १०, काठमाडौँ । हाँस्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) ले निर्माधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग गरेका छन् ।
उनीहरुले एपी वान टेलिभिजनबाट प्रसारण हुने नायक राजेश हमालद्वारा संचालित कार्यक्रम ‘को बन्छ करोडपति’ को पहिलो सिजनमा खेलेर जितेको ८० हजार रुपैंया धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेकाे उक्त रंगशालाका लागि आर्थिक सहयोग गरेका हुन् ।
बिहिबार यी दुई कलाकारले सामाजिक संजालबाट मार्फत उक्त कुराको जानकारी गराएका हुन् ।

उनीहरुले आफ्नो आधिकारीक फेसबुक अकाउण्टमा उक्त प्रतियोगीमा सहभागी भएको एक फोटो सेयर गर्दै लेखेका छन् । जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी हामी कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) ले ए.पि.वान. टेलिभिजनबाट प्रशारण भएको को बन्छ करोडपतिको पहिलो सिजनमा खेल खेली जितेको ८० हजार रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छौ । ‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’








