झापामा घरायसी बिवादमा श्रीमतीको हत्या

पुस ११, झापा ।  प्रहरीले झापामा  धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।   

घरायसी विवाद हुँदा हारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले शिवसताक्षी नगरपालिका–६ बस्ने झापा घर भएका ३२ वर्षीय शंकर मुर्मुलाई पक्राउ गरेको हो ।   

प्रहरीका अनुसार उनले घरायसी विवाद हुँदा २८ वर्षीया श्रीमती तारामई हेमरनलाई छुरा प्रहार गरी घाईते बनाएका थिए ।   

Image result for श्रीमतीको हत्या

छुरा प्रहारबाट गम्भिर घाइते भएकी   तारामईको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र शिवगन्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।   

पक्राउ परेका शंकरमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *