नेपाली सेना शैक्षिक भ्रमणका क्रममा नेपाल इन्जिनियरिंग कलेजमा

मंसिर १७, काठमाडौं । नेपाली सेनाको टोलीले नेपाल इन्जिनियरिंग कलेज भक्तपुर पुगी शैक्षिक भ्रमण गरेको छ । १९ जनाको टोलीले हिजो सोमबार शैक्षिक भ्रमण गरेको हो ।
नेपाल सरकार रक्षा मन्त्रालय नेपाली सेना इन्जिनियरिंग तालिम शिक्षालय गौचर व्यारेकका सेना त्यहाँं पुगी कार्यशालामा सहभागी भएका थिए ।
सडक यातायात, हाइड्रोपावलरलगायतका विषयमा वुझ्न उनीहरु त्यहाँं पुगेका हुन् । उनीहरुलाई कलेजका भाइस प्रिन्सिपल दीपक धामी, एकेडेमिक कोअर्डिटेटर मोहनध्वज केसीलगायतले विबिध जानकारीहरु दिएका थिए ।

सेनाको शिक्षालयमा सञ्चालन भइरहेका सि सं ९ इन्जिनियरिंग युवक अधिकृत तालिमका अधिकृत विद्यार्थीहरु त्यहाँ पुगेका हुन् । उनीहरुले कलेजको विविध पक्षबारे ज्ञान दिइएको थियो ।
शैक्षिक भ्रमण नाम दिइएको यो भ्रमण प्रत्येक वर्ष उक्त कलेजको भ्रमण गराई जानकारी गराउँदै आएको छ । उनीहरुले कलेजको ल्याबको पनि भ्रमण गरेका थिए ।








