नेकपा सरकारले देशलाई उत्तर कोरियाको हालतमा पुर्याउन खोज्यो: ज्ञानेन्द्र शाही

पुस १५, काठमाडौँ । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले नागरिक आन्दोलनको चेतावनी दिएका छन् ।   

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी साामाजिक अभियन्ता शाहीले सरकारले संसदबाट पारित गर्न लागेको सुचना प्रविधि विधयेक २०७५ नागरिकको विरुद्ध रहेको भन्दै यस्तो चेतावनी दिएको हो । 

नागरिकको स्वतन्त्रता खोसेर वर्तमान सत्ता दशकौं टिकाउने षड्यन्त्र अनुरुप विधेयक तयार भएको आरोप शाहीले लगाए छन् । ‘सूचना प्रविधि विधयेक नागरिक स्वतन्त्रता खोसेर दशकौं सत्ता टिकाउने अभिप्रायले ल्याउन लागिएको छ,’ शाहीले भने, ‘यसका विरुद्ध नागरिक आन्दोलनमा जान्छौं ।’   

लोकतन्त्र र नागरिकको मौलिक स्वतन्त्रताविरुद्ध एकपछि अर्को हमला भइरहेको भन्दै सुचना प्रविधि विधयेक यही अभिप्रायले ल्याउन लागिएको बताए । सरकारले बहुमतको बलमा नागरिकको अधिकार हनन गर्ने गतिविधि गरिरहेको उनको भनाई थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =