काठमाडौंको ढुङ्गेधारामा एन आई सी एशिया बैंकको नयाँ शाखा
२०७६ पुस १५ गते

पुष १५ काठमाडौं । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. १६, ढुङ्गेधारा स्थित नर्सरी चोक शाखाको पूर्व सासंद तथा संविधान सभा सदस्य डा.भिष्मनाथ अधिकारीले एक समारोहबीच उद्घाटन गरेका हुन् ।
सो शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।
बैंकको देशभरगरि ३१३ शाखा, ४०६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।
२०७६ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








