अमेरिकी सेनाले लडाकु शिविरमा गरेको आक्रमणमा १८ जनाको मृत्यु
२०७६ पुस १४ गते

पुस १४, काठमाडौं । अमेरिकी सेनाले इराक र सिरियास्थित लडाकु शिविरमा आक्रमण गरेको छ ।
कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएको क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरिएको अमेरिकाले पुष्टि गरेको छ ।
गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदारले ज्यान गुमाएका थिए भने कैयौँ अमेरिकी सेना तथा इराकका अधिकारीहरू घाइते भएका थिए ।
null
समाचारसंस्था रोएटर्सका अनुसार आइतवार इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो। उक्त स्थान सिरियानजिकै पर्ने बताइएको छ ।
इराकका सुरक्षा निकाय तथा लडाकुहरूले रोएटर्सलाई बताएअनुसार कम्तीमा १८ लडाकुको मृत्यु भएको छ। तीनवटा आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।
२०७६ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित








