दम हुनुकाे कारण र घरेलु उपचार

पुस १० ।  फोक्सोको श्वासनलीमा आएको संकुचनका कारण श्वासप्रश्वासमा हुने कठिनाई, सास फुल्ने समस्या तथा श्वासप्रश्वासमा तिब्रता आदिको एकीकृत रुपलाई दम भनेर चिनिन्छ ।  

दम दिर्घ रोग हो।  यो जुनसुकै उमेर समुहका मानिसलाई पनि हुन् सक्छ।  तर दम भएको मान्छेलाई जति बेला पनि श्वास प्रश्वासमा समस्या हुन्छ भन्ने छैन । जति बेला दमले समाउँछ त्यतिबेला बढी कठिनाई महसूस हुन्छ । दम रोग फोक्सोको रोग हो । सास लिन कठिनाइ हुनु साथै अक्सिजन शरीर भित्र रगतमा प्रवेश गर्न कठिनाइ हुँदा दम रोगले सताउने गर्छ   

दम हुनुको कारण 

Image result for दम हुनु

एलर्जी, वायु प्रदुषण, धुम्रपान एवं सुर्तिजन्य पदार्थको सेवन, श्वास नली र फोक्सोको संक्रमण, आनुबंशिक कारण , मौसमको कारण, मोटोपन , तनाब आदि । 

दमको लक्षण: 

१) श्वासप्रश्वासमा  कठिनाइ 

२) सुत्न असजिलो तथा अनिन्द्रा   

३) खोकी लाग्नु   

५) अनावश्यक थकावट 

घरेलु उपचार 

१) अदुवाको रस, अनारको रस र मह बराबर मिलाएर यस मिश्र्णको १/१ चम्चा दिनको तीन पटक सेवन गर्ने । 

२) कागतीमा भिटामिन सी प्रसस्त पाइने हुँदा तातोपानीमा कागती निचोरेर आवश्यकता अनुसार मिश्री मिलाइ दिनको ३/४ पटक पिउने । 

३) अमलालाइ कुटेर लेदो बनाइ महसँग मिलाइ सेवन गर्ने । 

४) एक चम्चा महसँग आधा चम्चा दालचिनी पाउडर मिलाइ सुत्नु भन्दा अगाडी सेवन गर्ने । 

५) प्याजलाइ सलाद्को रुपमा प्रयोग गर्दा दममा राहात मिल्दछ । 

६) एक गिलास तातो दुधमा जैतुनको तेल र मह बराबर भाग मिलाइ लसुन चबाउदै बिहान खाजा अघाडी पिउने । 

७) पानीमा एक चम्चा जुवानो उमालेर यसको बाफ लिने/पिउने । 

८) पुरानो अमिलो अचार, अमिलो दही मोही नखाने साथै चिसो हुने खानेकुरा कम खाने । 

९) धुवाँधुलो चिसो अस्वास्थकर वातावरणबाट जोगिने । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =