पेट्रोलियम पाइपलाइनबाट १७ करोड लिटर डिजेल

पुस १, काठमाडौं । तीन महिनामा पेट्रोलियम पाइपलाइनबाट झन्डै १७ करोड लिटर डिजेल आयात भएको छ । गत भदौ २४ गतेदेखि पाइपलाइनबाट नियमित रुपमा डिजेल आउन थालिसकेको थियो । 

नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार तीन महिना अवधिमा १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेल आयात भएको छ ।  अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले नियमित रुपमा पाइपलाइनबाट तेल आएकाले बजारमा आपूर्ति व्यवस्था सहज भएको बताए । 

पाइपलाइनबाट तीन महिनामा १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेलको आयातसँगै ६ करोड रुपैयाँ बचत भएको उनको भनाई छ । यो समाचार कारोबार दैनिकले छापेको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =