महिला भलिवलमा भारतलाई स्वर्ण नेपाल रजतमै खुम्चियो (अपडेट)

मंसिर १७, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको महिला भलिवलमा नेपाल फाइनलमा भारतसँग पराजित भएको छ । पहिलो सेट हारेर दोस्रो र तेस्रो सेट जितेको नेपालले चोथौ र पाँचौं सेट गुमाउँदा स्वर्ण जित्ने अवसर पनि गुमायो ।
नेपाल भारतसँग चौथो रेटमा २०–२५ ले पराजित भयो भने, अन्तिम पाँचौं सेट ६–१५ ले गुमायो ।
२–२ सेटको बराबरी पछि निर्णायक खेलमा नेपाल सस्तैमा समेटिँदा भारतले स्वर्ण जित्यो । महिला भलिवलमा नेपाललाई स्वर्णको प्रमुख दावेदार मानिएको थियो । तर, अन्तिम सेटमा कमजोर प्रदर्शन गर्दा नेपालले रजतमै चित्त बुझाउनु पर्यो ।
null
पहिलो सेटमा नेपाल १७–२५ ले पराजित नेपालले दोस्रो सेटमा भारतलाई २५–२३ ले हराएको थियो । तेस्रो सेटमा नेपालले २१–२५ ले भारतलाई हराएको थियो ।
यसअघि भलिबलमा नेपाली महिला टिमले सन् १९९९, २००६ र २०१६ काे सागमा कास्य पदक जितेकाे थियाे । १३ औं सागको सेमिफाइनलमा श्रीलंकालाई सोझो सेटमा ३-० ले हराउँदै नेपाल फाईनलमा प्रवेश गरेको थियो ।
भारत माल्दिभ्सलाई हराउँदै फाईनलमा स्थान बनाएको थियो । भारतसँग पराजित भएपनि नेपालकाे रजत पदक ऐतिहासिक उपलब्धि हाे ।








