महोत्तरीमा सिके राउतको पार्टीले नेकपालाई उछिन्यो, पर्साको सखुवापर्सौनीमा समाजवादी विजयी

मंसिर १५, काठमाडौं । पर्सा जिल्लाको सखुवापर्सौनी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा समाजवादी पार्टीका रुपलाल यादव १ हजार ३१ मतका साथ विजयी भएका छन्। 

यादव विजयी हुँदा नेपाली कांग्रेसका अशेश्वर यादवले ८ सय १९, ने क पाका उम्मेद्वार उदयशंकर रौनियारले २ सय ३२ मत, स्वतन्त्र उम्मेदवार गोपाल साह कानुले १६ मत तथा राप्रपाका सदरी महराले ८ मत ल्याए ।   

२ हजार ६०२ मतदाता रहेको वडामा ८२ प्रतिशत अर्थात २ हजार १२८ जनाले मतदान गरेका थिए । २२ मत बदर भएको थियो ।   

Image result for सिके राउत

महोत्तरीको बलवामा कांग्रेस अघि 

यता महोत्तरीको बलवा नगरपालिकाको वडा नम्बर २ मा सिके राउतको जनमत पार्टीले अग्रता कायम गरेको छ । सत्तारुढ नेकपालाई उछिन्दै सिके राउत नेतृत्वको जनमत पार्टीका विरेन्द्रकुमार साहले अग्रता लिएका हुन् ।   

जनमत पार्टीका साहले २ सय २३ मत ल्याउँदा सत्तारुढ नेकपाका कृष्णदेव साहले ९१ मत मात्र ल्याएका छन् ।   

बलवा नगरपालिकामा ४ सय ६१ मतका साथ नेपाली कांग्रेसका विपिन पजियार सुडी वडा अध्यक्षको प्रतिस्पर्धामा अग्रस्थानमा छन् । उनलाई राष्ट्रिय जनता पार्टी नेपालका वृजलाल साह सुडीले ३ सय ५२ मतका साथ दोस्रो स्थानमा छन् ।   

वडाअध्यक्षका लागि भएको प्रारम्भिक मतगणनाअनुसार नेकपा भन्दा जनमत पार्टीका उमेदवार अगाडि देखिएका हुन् ।   

सो वडामा १ हजार ५ सय ७७ मत खसेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =