धनुषाको विस्फोटमा संलग्नको आशंकामा तीन पक्राउ, अनुसन्धान टोली गठन

मंसिर २८, धनुषा । धनुषाको महेन्द्रनगरमा बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले २ महिला र १ पुरुषलाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेहरूमा हंसपुर नगरपालिकाकी ललिता देवी, सीता देवी र मिथिला बिहारी नपा-१ का राम सुदित साह धानुक रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। 

उनीहरूलाई करिब १२ बजेतिर उनीहरूकै बासस्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। शुक्रबार मध्यराति ३ जनाको मृत्यु हुने गरी विस्फोट भएको थियो ।   

null

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार विस्फोटको घटना अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन भएको छ । 

बम विस्फोट हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहाल, घरधनी ४६ वर्षीय राजेश साह र उनका छोरा २४ वर्षीय आनन्दको मृत्यु भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =