चलचित्र ‘जिउँदो’ को ट्रेलर सार्वजनिक

पुस ८, काठमाडौँ । अलमिस्ट सुब्बाद्वारा निर्देशित चलचित्र ’जिउँदो’को ट्रेलर सार्वजनिक भएको छ ।   

फागुनमा प्रर्दशनमा हुने भनिएको यस चलचित्रको छायाँकन पूर्वी नेपाल र भारतको दार्ज्लििङमा गरिएको निर्माण पक्षले जनाएको छ ।   

चलचित्रमा श्रद्धा शर्मा, प्रनिशा गहतराज, अलमिस्ट सुब्बा, बिरबल सुब्बा, अन्ना डन्नेबर्गा, एभलीन स्टिम्पफिग, पुजन घिसिङ, बुद्धिमान राई, प्रशान्त बराईली, निखिल गुरुङ, अशोक तामाङ लगायतका कलाकारको भूमिका रहेको छ।   

Image result for ‘जिउँदो’को ट्रेलर

अलमिस्ट प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण भएको सो चलचित्रमा रोशन लखोटिया, नम्रता शर्मा र आशिष सुब्बा निर्माता रहेका छन् ।   

कथा, पटकथा तथा संवाद, सम्पादन निर्देशक सुब्बाकै रहेको यस चलचित्रका निर्माता रोशन लखोटिया, नम्रता शर्मा र आशिष सुब्बा हुन् ।  

https://youtu.be/_8v_3FFgBi0 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =