इटालियन सिरी ‘ए’ मा रोनाल्डोको दुई गोल, युभेन्टस लिगको शीर्ष स्थानमा

मंसिर ३०, काठमाडौं । इटालियन सिरी ‘ए’ मा युभेन्टस लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

आइतबार राति भएको खेलमा उडिनेसेलाई ३/१ गोल अन्तरले युभेन्टस शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । 

खेलको ९ औँ मिनेटमा रोनाल्डोको गोलमा युभेन्टसले अग्रता बनायो । त्यसपछि ३७ औं मिनेटमा गोञ्जालो हिगुइनको पासमा रोनाल्डोले व्यक्तगत दोस्रो गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे ।   

त्यसपछि ४५ औं मिनेटमा बुनुचीको गोलमा युभेन्टसले अन्तर ३/० मा पुर्‍यायो । पहिलो हाफमा नै तीन गोलले पछि परेको उडिनेसेले दोस्रो हाफमा एक गोल फर्कायो । उसका लागि खेलको इञ्जुरी समयमा पुसेतोले गोल गरे  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *