पैसा अभावमा उपचार गर्न नसकेका वृद्धको उद्धार

मंसिर २५, काठमाडौँ । पैसाको अभावले उपचार गराउन नसकेका बिराटनगर—५ शंकरबारीका एक ६० वर्षीय वृद्ध बिरामीलाई एमबीबीएस अध्ययनरत युवाले उद्धार गरेका छन् । स्थानीय स्यामलाल सतारलाई न्यूरो हस्पिटलका वरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्रकुमार विष्टका छोरा रितिक विष्टले उद्धार गरेका हुन् ।   

मस्तिकभित्र रक्त नली फुटेर सिकिस्त भएका स्यामल पैसाका अभावमा उपचार गराउन नसकेका बेला रितिकले घरमै गएर उद्धार गरेका हुन् ।उच्च रक्तचापका बिरामी रहेका सतार विगत ३ बर्षदेखि औषधि सेवन गर्दै आएका थिए , तर पछिल्लो एक महिना यता औषधि सेवन गर्न छाडेका सतारको आइतबार राति मस्तिष्कघात भएको थियो ।   

बिरामी सतारकी श्रीमति सुशिला सतारले,  बिराटनगर कै केही अस्पतालमा प्रारम्भिक उपचार गराए पनि पैसाको अभावले उपचार नगराएर घर फर्किएको बताइन् । दुई छाक टार्दै आएको सतार परिवारले उपचारका लागि पैसा जोहो गर्न नसक्दा ६० वर्षीय स्यामलालको अवस्था निकै नाजुक रहेको भन्ने थाहा पाएपछि रितिक विष्टले स्यामलाललाई न्यूरो हस्पिटल ल्याई  निःशुल्क उपचार सुरु गरेका हुन् ।   

स्यामलालको अहिले न्यूरो हस्पिटलको न्यूरो कृटिकल केयर युनिटमा उपचार भइरहेको छ । रितिकले गरिवि कै कारण कसैको उपचार नहुनुमा दुःख व्यक्त गर्दै स्वास्थ्य जस्तो संवेदनशील बिषयमा सरकार र यूवाहरुले पहल गर्नु पर्नेमा जोड दिए ।   

आइतबार बिहान स्यामलाल गाईगोठ गएका बेला सोही ठाउँमा ढलेको  शुशीलाले बताइन् । ‘तत्कालै उस्पताल लगे पनि पैसाको अभावले उपचार हुन सकेको थिएन ।’ भक्कानिँदै उनले भनिन्, ‘अलि–अलि भएको पैसा पनि सक्यो, पैसा नभए पछि केही उपाय नलागेर घरमै राख्नु पर्यो ।’ पीडितकी श्रमती सतारले थपिन्, ‘अहिले रितिक बाबुले नै सबै खर्च बेहोरेर निःशुल्क उपचार गरिदिुनभयो ।’ रितिक अहिले काठमाडौँ मेडिकल कलेजमा एमबीबीएस गर्दै छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =