सधैं नपिउनुस् अदुवा हालेको चिया, हुनसक्छन् यस्ता नोक्सानहरुः

पुस ०७, काठमाडौं । जाडोमा मानिसहरु अक्सर अदुवा हालेको चिया पिउन मन पराउँछन् । तर, सधैं अदुवा हालेको चिया पिउँदा पनि केही नोक्सानहरु हुनसक्छन् ।   

सधैं अदुवा हालेको चिया पिउँदा हुनसक्ने केही नोक्सानहरुः 

एसिडिटी 

Image result for अदुवा हालेको चिया

अदुवा ठीक मात्रामा लिने हो भने त यसले धेरै लाभ दिन्छ । तर, जरुरतभन्दा धेरै अदुवा लिँदा एसिडिटी बढ्न सक्छ । 

ब्लडप्रेसर 

जसको रक्तचाप उच्च छ, उनीहरुले उचित मात्रामा मात्र अदुवा लिनु पर्ने हुन्छ । बरु रक्तचाप कम हुनेहरुले अदुवा केही बढी लिँदा पनि फरक पर्दैन । तर, दुवैका लागि अदुवा धेरै लिनु राम्रो चाहिँ होइन । किनकि अदुवामा रगतलाई पातलो गर्ने गुण हुन्छ । यसले रक्तचाप कम हुनेको थप कम वा बढी हुनेको थप बढी हुने सम्भावना हुन्छ । 

मधुमेहका बिरामी 

अदुवा खाँदा हाम्रो रगतमा चिनीको मात्रा पनि कमी हुन्छ । जसको रगतमा चिनीको मात्रा कम हुन्छ वा बढी हुन्छ, उनीहरुले पनि अदुवा धेरै हालेको चिया खानु हुँदैन ।   

निद्रा भाग्छ 

रातमा त झन् अदुवा हालेको चिया पिउनै हुँदैन । यसले हामीलाई निद्रा लाग्न कम गर्छ । यसले हामीलाई झन् समस्यामा पारिदिन्छ । 

गर्भवती महिलाले पिउनु हुँदैन चिया 

गर्भवती महिलालाई आधा कपभन्दा धेरै अदुवाको चिया पिउनु झन् हानीकारक हुन्छ । धेरै अदुवा खाँदा गर्भवती महिलालाई पेटमा समस्या पनि हुनसक्छ । 

कति खाने त अदुवा ? 

सामान्य मानिसका लागि दैनिक ६ ग्राम अदुवा लिनु नै पर्याप्त हुन्छ । एक कप चियामा एक चम्चाको चारभागमध्ये एक भागमात्र अदुवा हालेको राम्रो मानिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twelve =