मिस ग्ल्याम नेपालको अडिशनबाट २० जना युवती छनोट

पुष ८, काठमाडौं । सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपालको अन्तिम प्रतिस्पर्धीका रुपमा २० जना युवती छनोट भएका छन् ।   

बिभिन्न अडिशनबाट २० जना युवतीलाई अन्तिम प्रतिस्पर्धीका लागि छानिएको मिस ग्ल्याम नेपालका अध्यक्ष अशोककुमार तामाङले जानकारी गराए । प्रतियोगिताले किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने र नेपाली पोशाकलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिएको अध्यक्ष तामाङलेले बताए । 

सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षणलगायतका अन्य बिभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने म्यानेजिङ डाइरेकटर सुस्मिता गालेले जानकारी गराइन । 

मिस ग्ल्याम नेपाल.jpg

त्यस्तै प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागी गराइनेछ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी माघ ४ गते राजधानीको छायाँ सेन्टरमा हुँदैछ । प्रतियोगिताको ब्राण्ड एम्बेशडरमा गायक बुद्ध लामा रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 3 =