बागमती किनारका सुकुम्बासी टहरा भत्काइए

पुष १३,  काठमाडौं । दुर्गन्ध फैलाएको भन्दै कीर्तिपुर नगरपालिकाले बागमती नदी किनारमा बसेका सुकुम्बासीहरुको टहरा भत्काएको छ । चोभार नजिक बागमती नदी क्षेत्र अतिक्रमण गरेर बसेको र बोसो मिश्रित साबुन फ्याक्ट्री सञ्चालन गरेर दुर्गन्ध फैलाएको भन्दै टहरा भत्काइएको हो । 

बोसोबाट साबुन बनाउने फ्याक्ट्री चलाएर दुर्गन्ध फैलिएको भन्दै स्थानीयले नगरपालिकामा गुनासो गरेपछि त्यहाँ रहेका झण्डै १५ वटा टहरा भत्काइएको कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्काले बताईन् ।   

बाग्मती किनारमा टहरा हालेर बसेका सुकुमबासीहरुले बोसोबाट साबुन बनाउने फ्याक्ट्री चलाइरहेका थिए । 

यसअघि हाड, छाला, रौंलगायत जलाएर दुर्गन्ध फैलाएको भन्दै ललितपुरको नख्खु क्षेत्रबाट प्रहरीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =