काठमाडौंमा अत्याधिक चिसो, अझै चिसो बढ्ने मौसम विभागको भनाई

पुष ९, काठमाडौं । बुधबार काठमाडौ उपत्यकामा निकै चिसो बढेको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा झरेको छ । मौसम विज्ञान विभागले बुधबार बिहान गरेको मापनमा यो जुम्लापछिकै सबैभन्दा कम तापक्रम हो । 

बुधबार बिहान ८ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री मापन भएको विभागले जनाएको छ ।  सोही समयमा जुम्लाको न्यूनतम तापक्रम भने माइनस ६.५ छ । 

यो काठमाडौं उपत्यकाको यस वर्ष मापन भएको सबैभन्दा कम तापक्रम हो । यसअघि मंगलबार पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ३.२ मापन भएको थियो । 

मोसम विभागका अनुसार काठमाडौं उपत्यकाको तापक्रम अझै घट्दै जाने सम्भावना रहेको छ । ‘आज देशभरमा जुम्लापछि काठमाडौंमा अत्याधिक चिसो बढेको हो भने, दाङमा पनि चिसो बढेको विभागले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =