तराईमा झोले डाक्टरले लिए ५ जनाको ज्यान

मंसिर २१, काठमाडौं । पश्चिम तराईका सीमावर्ती जिल्लाका सरकारी र निजी स्वास्थ्य सेवाको पहुँच छैन । 

त्यहाँ मात्रै ‘बंगाली’ डाक्टरले सेवा दिइरहेका छन् । यी डाक्टरले माध्यमिक तह पनि उत्तीर्ण गरेका छैनन् । यस्तै डाक्टरसँग उपचार गराउन पुग्ने नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ । अप्रेसन गर्न समेत पछि नपर्ने यी डाक्टर झोलामा औषधी राखेर गाउँ-गाँउ डुल्ने गर्छन् । 

बाँकेको नरैनापुर गाउँपालिका-५ मटेहियामा अवैध मेडिकल सञ्चालन गरेका ‘झोले डाक्टर’ राजेशसिंह ठाकुरले उपचारका क्रममा २ महिनाको अवधिमा ५ जनाको ज्यान लिएको रहस्य खुलेको छ । 

null

नरैनापुर-५ का गयाराज धोबी र राप्ती सोनारी गाउँपालिका-७ का मनिकराम धोबीको उपचारका क्रममा सोमबार मृत्यु भएपछि मंगलबार स्थलगत समाचार संकलन गर्न गाउँ पुगेका सञ्चारकर्मीलाई स्थानीयले असोज दोस्रो सतायता ५ जनाको ज्यान गएको बताए । याे समाचार अन्नपूर्ण पोस्टमा छापेकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *