आज सोमबार यसरी चम्किदैँ छ तपाईँको भाग्य, हेर्नुस् राशिफल र पञ्चाङ्ग

पुस ०७, काठमाडाैं । वि.सं. २०७६ पुस ७। सोमबार। इ.स. २०१९ डिसेम्बर २३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। द्वादशी, १३:४४ उप्रान्त त्रयोदशी। नक्षत्र– विशाखा, १८:१६ बजेउप्रान्त अनुराधा। योग– सुकर्मा, ७:११ बजेदेखि धृति, २८:४० बजेउप्रान्त शूल। करण– तैतिल, १३:४४ बजेदेखि गर, २४:५७ बजेउप्रान्त वणिज। आनन्दादिमा मित्र योग। चन्द्रराशि– तुला, १२:३० बजेउप्रान्त वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:५३ बजे, सूर्यास्त– १७:१२ बजे र दिनमान २५ घडी ० पला। सोम–प्रदोष व्रत। 

तपाईँको आजको राशिफल 

मेष 

null

हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोपपनि लाग्न सक्छ । 

वृष 

 आज भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । 

मिथुन 

धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । 

कर्कट 

आज प्रेममा सफलता प्राप्त हुनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । 

सिंह 

आज सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । 

कन्या 

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । 

तुला 

मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । शत्रु पराजित हुनेछन् । 

वृश्चिक 

भौतिक साधन जुटाउने समय छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । 

धनु 

आज दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । 

मकर 

आज शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । 

कुम्भ 

रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्रपनि प्राप्ति हुनेछ । 

मीन 

मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमा प्रगती हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । –  ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *