सुन्दरी हात्तीकाे उपाधी पाउने ‘पूजाकली’को मृत्यु

पुष ८, चितवन । सबैभन्दा धेरै छावा जन्माउने ३८ वर्षीया हात्ती पूजाकलीको मृत्यु भएको छ । लामो समयदेखि बिरामी परेकी  ‘पूजाकली’को मंगलबार बिहान मृत्यु भएको हो ।  हात्ती प्रजनन तथा तालिम केन्द्र सौराहामा पालिएको पूजाकली लामो समयदेखि बिरामी रहेकी चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए । 

पूजाकलीको एक वर्षअघिदेखि नियमित उपचार हुँदै आएको थियो । निकुञ्जका वरिष्ठ चिकित्सक डा. विजय श्रेष्ठका अनुसार एक वर्षदेखि धेरै लाखौं खर्च लगाएर रोगको परीक्षण गरेर उपचार गरिए पनि रोग पत्ता लाग्न सकेको थिएन । पूजाकलीको शव परीक्षणको तयारी भइरहेको छ । 

झण्डै आधा दर्जन छावालाई जन्म दिएकी पूजाकली पछिल्लो छ महिनादेखि खाना कम खाने र दुब्लाउँदै गएकी थिइन् । सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रका अनुसार पूजाकली सबैभन्दा धेरै छावा जन्माउने हात्तीमा पर्छिन् । 

विक्रम संवत् २०३८ मा पूजाकलीलाई कोसीटप्पुबाट चितवन ल्याइएको थियो । सौराहाको बाघमारामा २०७४ साल पुसमा आयोजना गरिएको हात्ती महोत्सवमा पूजाकलीले सुन्दरी हात्तीको उपाधीसमेत जितेकी थिइन् । 

चितवन राष्ट्रिय निकुञ्जले संरक्षण गरेका ६३ हात्तीमध्ये अब ६२ हात्ती छन् । ७४ वर्षसम्मका हात्ती चितवन राष्ट्रिय निकुञ्जमा छन् । हात्तीको औसत आयु ७० देखि ८० वर्षसम्म हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + ten =