सिआरभिका प्रहरी सहायक निरीक्षक दाहाल घुससहित पक्राउ
२०७६ मंसिर २० गते

मंसिर २०, काठमाडौं । सिआरभि केशलियामार्ग विराटनगर, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाल घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले अनावश्यक दुःख हैरानी दिई विभिन्न खाद्य सामग्रीहरु ओसारपोसारमा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीबाट ७ हजार घुस लिइसकेको अवस्थामा दाहाललाई नियन्त्रणमा लिएको हो ।
उनलाई बुधबार विराटनगर महानगरपालिका वडा नं. ६ घाँसचोकबाट नियन्त्रणमा लिइएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

२०७६ मंसिर २० गते
प्रतिक्रिया
सम्बन्धित








