रिट्वीटका कारण फेरि विवादमा राष्ट्रपति ट्रम्प

पुष १३, काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो पटक एक रिट्वीटका कारण विवादमा तानिएका छन् । 

युक्रेनका राष्ट्रपतिलाई गएको जुलाईमा गरेको टेलिफोन संवादका कारण महाअभियोगको सामना गर्न पुगेका राष्ट्रपति ट्रम्पले सो टेलिफोन संवादबारे जानकारी दिने व्यक्ति भनेर दाबी गरिएकाको नामसहितको ट्वीट रिट्वीट गरेका हुन् । 

ट्रम्पले जुलाई २५ मा युक्रेनी राष्ट्रपतिलाई गरेको टेलिफोनमा पूर्व उपराष्ट्रपति तथा आउँदो वर्ष हुने राष्ट्रपतिय चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा अघि रहेका जोबाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार अभियोगमा छानबिन गर्न दबाब दिएका थिए । सोही दबाबका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेको अभियोग ट्रम्पमाथि छ । 

ट्रम्पमाथि अमेरिकी संसदको तल्लो सदनले औपचारिक रुपमा महाअभियोग लगाएको छ र उनी अमेरिकाको इतिहासमा महाअभियोग लाग्ने तेस्रो राष्ट्रपति हुन् । 

ट्रम्पले टेलिफोन संवादबारे जानकारी दिने व्यक्तिको पहिचान खुलाउनु पर्ने माग गर्दै आएका छन् । सो जानकारी दिने व्यक्तिको नाम भनेर दाबी गर्दै २कगचाभचmयmठठ ह्याण्डलबाट गरिएको ट्वीट राष्ट्रपति ट्रम्पले रिट्वीट गरेका हुन् । त्यसपछि उनको तीव्र आलोचना भयो । ट्रम्पले जसको ट्वीट रिट्वीट गरे ती व्यक्तिले आफूलाई शतप्रतिशत ट्रम्प समर्थकका रुपमा परिभाषित गरेका छन् । 

आलोचना बढ्दै गएपछि राष्ट्रपति ट्रम्पको ट्वीटर टाइमलाइनबाट सो सामग्री हटाइएको छ । तर अझै पनि डाइरेक्ट लिंकबाट सो सामग्री देखिन्छ। 

अमेरिकी संघीय कानूनले गोप्य सूचना दिने व्यक्तिको सुरुक्षा तथा गोपनियता सुनिश्चित गरेको छ र ट्रम्पको रिट्वीटले त्यसको उल्लंघन गरेको भन्दै आलोचना भएको हो । 

गएको नोभेम्बरमा ट्रम्पमाथि महाअभियोग लाग्ने सूचना दिएका व्यक्तिका वकिलले आफ्ना क्लाइन्टमाथि भौतिक जोखिम बढेको बताएका थिए। सो जानकारी दिने व्यक्ति अमेरिकी गुप्तचर सञ्जालमा कार्यरत रहेको बताइन्छ । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =