आफ्नै सहकर्मीले गोली चलाउँदा २३ सुरक्षाकर्मीको मृत्यु

मंसिर २९, अफगानिस्तान ।  शनिबार बिहान अफगानिस्तानमा आफ्नै सहकर्मीले चलाएको गोली लागेर  २३ जना  सुरक्षाकर्मीको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् ।   

अफगानिस्तानको पूर्वीक्षेत्रमा पर्ने घाज्नी प्रान्तमा सुतिरहेका बेला आफ्नै साथीले चलाएको गोली लागेर २३ जनाको मृत्यु भएको  प्रान्तीय परिषद्का प्रमुख नासिर अहमद फाक्विरीले जानकारी दिए हुन् ।   

यस दर्घटनामा परी घाइते भएका   सुरक्षाकर्मीको उपचार भईरहेको स्थानिय प्रहरीले जनाएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *