धनगढीमा आफ्नै डेरामा मृत भेटिईन् स्टाफ नर्स
२०७६ पुस १३ गते

पुस १३, धनगढी । आईतबार दिउँसो धनगढीमा एक स्टाफ नर्स आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी छिन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० घर भएकी स्टाफ नर्स २० वर्षीय सुनम ऐर मृत अवस्थामा भेटिएकी हुन् ।
धनगढीको निसर्ग हस्पीटल र नवजिवन हस्पिटलमा कार्यरत सुनम धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरको ऐश्वर्या स्कुल नजिकै डेरामा बस्दै आईरहेकी थिईन् ।

एक्लै डेरामा बस्दै आईरहेकी सुनम केही बेर अघि मात्र आफ्नै डेरामा सुतेकै अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले जानकारी दिएका छन् ।
प्रहरी निरिक्षक कार्कीका अनुसार हाल मुचुल्का उठाउने काम भईरहेको र घटनाबारे थप जानकारी अनुसन्धानबाट मात्रै खुल्ने छ ।
२०७६ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित








