डाक्टरसँग बदला लिन अस्पतालभित्र ताेडफाेड, ४० जना वकिल पक्राउ

मंसिर २६, काठमाडौं । पाकिस्तानमा ४० जना वकिल पक्राउ परेका छन् ।  

पाकिस्तानको लाहौरमा डाक्टरहरुसँग बदला लिनका लागि हजाराैँ संख्यामा वकिल अस्पतालभित्र प्रवेश गरेर तोडफोड गरेका कारण उनीहरूलाई पक्राउ गरिएकाे हाे । उक्त हमलामा गम्भीर रुपमा घाइते भएका केही बिरामीको मृत्यु भएको छ । 

पाकिस्तानको पत्रिका डनका अनुसार पञ्जाबका स्वास्थ्यमन्त्री यास्मीन राशिदले हताहतमा तीनजना घाइत भएको बताएका छन् ।  

मानवाधिकार मन्त्री शिरीन माजरीले ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् । 

बुधबार लाहौरको पञ्जाब इन्स्टीच्युट अफ कार्डियोलोजीमा ठूलो संख्यामा वकिलले हमला गरेका हुन् । 

वकिलका अनुसार आफूहरुले दुई हप्ताअघि एक वकिलमाथि डाक्टरले गरेको हमलाको बदला लिन यस्तो गरेका हुन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *