१३ औं सागः तेक्वान्दोका ६ स्वर्णको निर्णय आज

मंसिर १९, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकद (साग) प्रतियोगिताअन्तर्गत तेक्वान्दोका ६ स्वर्णको निर्णय आजै हुने भएको  छ ।   

कूल २९ स्वर्ण रहेको तेक्वान्दोमा आज ६ स्वर्णको निर्णय हुनेछ । तेक्वान्दोमा अहिलेसम्म २३ स्वर्णको निर्णय हुँदा नेपालले ११ स्वर्ण जितिसकेको छ । 

त्यस्तै, उसुतर्फका खेलहरू पनि आज हुँदैछन् । २२ स्वर्ण रहेको उसुमा अहिलेसम्म ४ स्वर्णको निर्णय भइसकेको छ । यस्तै स्विमिङ र बास्केटबलको खेल आजदेखि सुरु हुँदैछ ।  

null

त्यस्तै, एथ्लेटिक्स, गल्फ, साइक्लिङ, कबड्बी, टेबल टेनिसका खेलहरूले आज पनि निरन्तरता पाउनेछन् । क्रिकेट र फुटबलका खेलहरू पनि आज हुनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =