बिराटनगरमा पहिलो पटक क्रिकेट लिग हुँदै

मंसिर ६, मोरङ ।  बिराटनगरमा बिराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा क्रिकेट लिग आयोजना हुने भएको छ ।   

बिराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीले बिराटनगरमा आईतबार पत्रकार सम्मेन गरी उक्त कुराको जानकारी दिईएको हो ।   

आगामी पौष ७ गते देखि १३ गते सम्म  हुने उक्त  प्रतियोगिता बिराटनगरस्थित डिग्री क्याम्पसको मैदानमा बिराटनगरमा नै पहिलो पटक लिग टुर्नामेन्ट आयोजना हुन लागेको आयोजकले जनाएको छ ।  उक्त प्रतियोगितामा बिराटनगरका ८ वटा उच्च मा.वि ले भाग लिने छन् भने उक्त प्रतियोगिहरुलाई दुई भागमा विभाजन गरिने क्लबका अध्यक्ष  आशिष श्रेष्ठले जानकारी दिए ।   

उनका अनुसार ‘क’ मा कान्तिपुर राईनोज, अर्किड ड्रेभिलस्, भानु ब्लाष्टर, आदर्श सिक्सर र समूह ‘ख’ मा के. एम. सि. टाईगर्स, डि. ए. भि. थन्डर्स, मोर्डन रोयलस र लर्ड बुद्ध लायन्स रहेने उनले बताए । प्रतियोगिता अर्न्तगत बिहान ९ बजे र दिउँसो १२ः३०  गरी दैनिक दुई चरणमा खेल संचालन हुने श्रेष्ठले जानकारी दिए ।  

अनुमानित १० लाखको लागतमा सुरु हुन लागेको उक्त प्रतियोगिताको उद्धघाटन पौष ७ गते अन्तर्राष्ट्रय अमपाईर बुद्धी प्रधानको प्रमुख आतिथ्य र पूर्व अन्तर्राष्ट्रिय खेलाडी पारस लुनियाको बिशिष्ट अतिथ्यमा हुने श्रेष्ठले बताए ।   

उक्त प्रतियोगितामा बिराट मेडिकल कलेज तथा शिक्षण अस्पताल मुख्य प्रायोजक रहेको छ भने बिराटनगर महानगरपालिका  प्रर्वधक ,  संजिवनी  अस्पताल र आई स्पोर्टस सह ( प्रायोजक ) , वेक अफ क्याफे र गोल्ड जिम सहयोगी रहने आयोजकले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =