यात्रुबाहक बस दुर्घटना हुँदा २५ जनाको मृत्यु, १३ घाइते
२०७६ पुस ८ गते

पुस ८, इन्डोनेशिया । सोमबार राती इन्डोनेशियामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
इन्डोनेशियाको दक्षिण सुमात्रा प्रान्तमा उक्त दुर्घटना हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको हो भने १३ जना घाइते भएका हुन् ।
स्थानिय प्रहरीका अनुसार ड्राइभरसहित ३८ जना सवार उक्त बस सुमात्रा आइल्याण्डको बेङ्गकुलु शहरबाट पालेम्बाङ्ग शहर जाँदै गर्दा सडक देखी करिब १०० मिटर तल खोलामा खसेर दुर्घटना भएको थियो ।

घाइतेहरुको उद्धार तथा मृतकको शव निकाल्नका लागि १२० जना उद्धारकर्मी खटिएको सरकारी अधिकारीले बताएका छन् ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको सरकारी अधिकारीले जानकारी दिए ।
२०७६ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित








