महेन्द्रनगर बम बिस्फोट: मृतकका परिवारलाई तीन लाख उपलब्ध गराउने
२०७६ पुस १३ गते

पुस १३, जनकपुरधाम । प्रदेश २ सरकारले बम बिस्फोटबाट ज्यान गुमाएका परिवारलाई तीन लाख उपलब्ध गराउने भएको छ ।
देश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा बम बिस्फोटबाट ज्यान गुमाउनेको परिवारलाई जनही तीन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
गत मंसिर २७ गते राति स्थानीय राजेश साहको घरमा भएको बम बिस्फोटबाट ४५ बर्षीय राजेशसहित उनका १५ बर्षीय छोरा आनन्द साह र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्जार्च प्रहरी निरीक्षक अमीर दाहालको मृत्यु भएको थियो ।
null
२०७६ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित








