देशभर चिसो बढ्यो, बुधबारबाट मौसम प्रणालीमा सुधार आउने
२०७६ मंसिर ३० गते

मंसिर ३०, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण काठमाडौंसहित देशभर अत्याधिक चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपात भएपछि देशभरको तापक्रम घटेको हो ।
सोमबार बिहान जुम्लाको तापक्रम माइनस ७ डिग्रीमा झरेको विभागले जनााएको छ । बिहान तापक्रम घटे पनि दिउँसो यहाँको अधिकतम तापक्रम ८ डिग्रीसम्म पुग्ने प्रक्षेपण विभागले गरेको छ ।
त्यस्तै, काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सोमबार बिहान ६ डिग्री मापन भएको छ । बिहान चिसिएको काठमाडौंको तापक्रम दिउँसो भने १५.७ डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ ।
null
विभागका अनुसार, सोमबार देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा हिमपात हुनसक्छ ।
बुधबारबाट भने मौसमी प्रणालीमा सुधार आउने विभागको भनाइ छ ।
२०७६ मंसिर ३० गते
प्रतिक्रिया
सम्बन्धित








